+
+

हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट संचारकर्मी सापकोटासहित ७ जना सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते २२:२५

११ वैशाख, काठमाडौं। तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीत/संगीत कला पत्रकारिता सम्मान -२०७९’ बाट सम्मान गरेका हुन् । उनीहरूलाई दोसल्ला, माला र सम्मानपत्र प्रदान गरियो ।

लामो समयदेखि निष्ठा र समर्पणभावका साथ मनोरञ्जन पत्रकारितामार्फत सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थान तथा समाज तथा आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजक विमेन्स एरा मिडिया ग्रुप नेपालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?