+
+

रास्वपाले बढाउँदै लगेको अग्रताको अर्थ

ज-जसले रास्वपामा प्रवेश गरेका छन्, उनीहरुले परम्परागत शक्तिमा स्पेस नपाएर नै जोडिएका हुन् । अहिले त उनीहरु त्यसलाई महशुस गर्दैनन् होला ।  जनताको बल देखेपछि रास्वपा एउटा शक्ति बन्न सक्ने/नसक्ने समयले नै बताउँछ ।

समृद्ध घिमिरे   समृद्ध घिमिरे  
२०८० वैशाख ११ गते १६:५७

‘तनहुँ र चितवनमा आमचुनावभन्दा उपचुनावमा १-२ प्रतिशतले मात्रै मतदाता घटेका छन् । यसबाट के देख्न सकिन्छ भने मतदाता अहिले पनि मत दिन उत्सुक नै छन् ।

उपचुनावमा मतदाताको रुचि जहिले पनि कम नै हुनेगर्छ । किनभने उपचुनावमा जसले जिते पनि सरकार परिवर्तन हुने होइन । नयाँ नेतृत्वले देशलाई हाँक्ने होइन । सरकार निर्माणलाई यसले खासै असर गर्दैन । १-२ सिट २-३ दलको फेरबदल मात्रै हुने हो ।

यति हुँदाहुँदै पनि मत खस्ने परिमाणमा खास नघट्नुको कारण परिवर्तनका लागि मतदाता उत्सुक भएको देखिनु हो । एउटा वैकल्पिक शक्तिलाई अघि बढाउनका लागि नागरिकहरु उत्सुक देखिएका हुन् ।

डा. स्वर्णिम वाग्ले सुविधाजनक मतका साथ अघि देखिनु मतदाताको उत्सुकताको नतिजा हो । राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँमा १२ हजार ५०० मत गत मंसिरको चुनावमा पनि आएकै हो ।

कांग्रेसको त्यसबेला २५ हजार हारहारी मत थियो । त्यसमा माओवादीको ५-६ हजार मत थियो । त्यसबेला गोविन्दराज जोशी र रास्वपाले प्रत्यक्षमा ल्याएको मत जोड्दा रास्वपाको समानुपातिक मत सरह थियो ।

यसपटक कांग्रेस र एमालेको पनि घटेको होला । अरु बाँकी पार्टीहरुले रास्वपालाई मत दिएको प्रारम्भिक विश्लेषण गर्न सकिन्छ । ठूला दलहरुलाई मतदाताले पटकपटक विश्वास गरेकै छन् । २००७ सालदेखि विश्वास गर्दै आएका छन् ।

२०६४ सालमा माओवादीलाई पनि जनताले विश्वास गरे । २०७२ सालमा संविधान बनेपछि अब केही हुन्छ भन्ने जनतालाई लाग्यो । तर, त्यसपछि पनि केही भएन ।

परम्परागत शक्तिबाट भएन भनी २०७४ सालमा जनताले नेकपालाई मत दिनुको कारण एकीकृत शक्तिले समृद्धि हुन्छ भन्ने विश्वास कारक थियो । यो शक्तिबाट पनि हुन नसकेपछि वैकल्पिक राजनीतिक शक्ति देखियो । यो शक्तिलाई कसैले रोकेर पनि रोकिदैन ।

अब पुराना दलहरु सुध्रेपनि वैकल्पिक राजनीतिक शक्ति १-२ चुनावमा अघि बढ्छ । जब व्यक्तिहरु एकदमै निराश, आजित हुन्छन्, दक्षिणपन्थी वा पपुलिष्ट पनि आउन सक्छन् ।

विश्वमा यस्तो ५-६ वर्ष अघि देखि नै देखिन थालेको छ । विश्वमा देखिएको कुरा नेपालमा पुनरावृत्ति हुनु स्वभाविक पनि हो । पपुलिज्मलाई विश्वास गर्ने सम्भावना बढी देख्छु ।

यही दिशाबाट अघि बढिराख्यो भने ३-४ वर्षमा रास्वपाले शक्ति थप बढाउँछ । नेपाली कांग्रेस र एमाले ३० प्रतिशतका पार्टी हुन् । त्यो ३० प्रतिशत हारहारीको  पार्टी  अर्को निर्वाचनमा परीक्षण हुन्छ कसैले भन्छ भने त्यो हुँनै सक्दैन ।

रास्वपाको उदयले सबैभन्दा बढी घाटा एमाले र कांग्रेसलाई हो । बजारमा नयाँ बस्तु निस्कँदा बजार लिएको वस्तुको बिक्रि घट्ने नै हो ।

तथ्यांक र इतिहासले त्यसलाई पुष्टि गर्नै सक्दैन । एमाले कांग्रेस धेरै नै कम भए पनि १५ प्रतिशतमा झर्ने हुन् । त्यो बेला पनि नेपालको शक्तिका रुपमा रहिरहन्छन् ।

रास्वपाले अहिले भन्दा ठूलो मत परिणाम ल्याउँदा पनि ३० प्रतिशतसम्म जानसक्छ । ३० प्रतिशतको शक्तिले एकल सरकार बनाउने अवस्था अहिलेको निर्वाचन प्रणालीले दिँदैन । न त यो विगतमा भएको थियो, न यो मिश्रित निर्वाचन प्रणालीमा सम्भव छ ।

१५ प्रतिशतबाट एकैपटक उथलपुथल हुने गरी बहुमत पुर्‍याउनका लागि ३८ प्रतिशत मत ल्याउनुपर्दछ । सम्भावना नै छैन त कसरी भन्नु? सजिलो चाहिं छैन ।

रास्वपाको उदयले सबैभन्दा बढी घाटा एमाले र कांग्रेसलाई हो । बजारमा नयाँ बस्तु निस्कँदा बजार लिएको वस्तुको बिक्रि घट्ने नै हो ।

रास्वपाको कुनै विचारधारा देखिँदैन । रास्वपाले कही न कही राप्रपालाई पनि घाटा पुर्‍याउँछ । उनीहरु जुन दिशामा हिडिंरहेका छन्, कहिं न कहिं यी दुई शक्ति  मिल्न पनि सक्छन् ।

ज-जसले रास्वपामा प्रवेश गरेका छन्, उनीहरुले परम्परागत शक्तिमा स्पेस नपाएर नै जोडिएका हुन् । अहिले त उनीहरु त्यसलाई महशुस गर्दैनन् होला ।  जनताको बल देखेपछि रास्वपा एउटा शक्ति बन्न सक्ने/नसक्ने समयले नै बताउँछ ।

समृद्ध घिमिरे राजनीतिक विश्लेषक तथा चुनावी रणनीतिकार हुन् । उनले भारतका ठूला राजनीतिक दलहरुको चुनावी रणनीति निर्माण तथा विश्लेषणमा काम गरेर हाल नेपालमा राजनीतिक शोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?