+
+

न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १९:१८

११ वैशाख, ललितपुर । ललितपुरमा जारी मेयर कप २०८० खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्यु डायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् ।

सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्यु डायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गर्ल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।

न्यु डायमण्डले ललितपुर महानगरलाई २५–१, २५–१२ र २५–८ को सेटमा पराजित गर्‍यो भने एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सेटमा पाखा लगायो ।

पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पाटन बहुमुखीमाथि २५–१३, २५–१० र २५–१४ को स्कोरमा र आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को स्कोरमा हरायो ।

ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?