+
+

फ्लाइ दुबईको विमान पाइलटले काठमाडौंमा अवतरण गराएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते २२:०१

११ वैशाख, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।

‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’

ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ’, ती अधिकारीले अनलाइनखबरसँग थपे ।

उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा ९ः५८ बजे यो विमान कपिलवस्तुको आकाशमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?