+

मान्छे केही नसोची बस्न सक्छ ?

२०८० वैशाख  १२ गते १७:०१ २०८० वैशाख १२ गते १७:०१
मान्छे केही नसोची बस्न सक्छ ?

काठमाडौं । हाम्रो दिमागमा हरेक समय केही न केही कुरा खेलिरहेको हुन्छ । मुटुले २४ घण्टा धड्किएर आफ्नो गरिरहेजस्तै दिमागले पनि सुतेको बेला समेत केही न केही सोचिरहेकै हुन्छ ।

सामान्यतया व्यक्तिको दिमागमा दैनिक ५० हजारदेखि ८० हजारसम्म कुराको सोच आउने मनोविद् गृष्मा पनेरु बताउँछिन् । दिमागले केही न केही सोचिरहनु सामान्य भए पनि एकै प्रकारको सोच आइरहनु भने समस्या हुन्छ । ‘त्यसले दैनिकीमा असर गर्न सक्छ,’ पनेरु भन्छिन् ।

कुनै पनि विचारले दिमागमा प्रभाव पार्न नसक्नु शून्य विचारको अवस्था हो । यस अवस्थामा कायम राख्न एकाग्रताको आवश्यक हुन्छ, जसका लागि निरन्तर ध्यान अभ्यास गर्नुपर्छ भनिन्छ ।

‘तर विचार शून्यताको अवस्था हुँदैन, ध्यानमा केन्द्रित भएर महसुस नभएको हुन सक्छ,’ पनेरु भन्छिन्, ‘ध्यान गरिरहेको बेला पनि दिमागमा केही न केही कुरा चलिहरेको हुन्छ । ध्यान गरेको बेला हाम्रो दिमाग विगत तथा भविष्यमा सोच्न थाल्छ, हालको अवस्थाको बारेमा सोच्दैन । त्यसैले अन्य बेला भन्दा कम कुरा होला तर दिमागमा केही विचार नै नआउने अवस्था भने हुँदैन ।’

एउटै विचार बारम्बार आउनु

हाम्रो दिमागले केही न केही कुरा सोचिरहन्छ भने त्यो त सामान्य भयो । तर एउटै कुरा बारम्बार सोचिरहन्छ भने त्यो समस्या हो । मानौं एउटा व्यक्तिको दिमागमा म मर्छु कि भन्ने सोच आयो र त्यो बारम्बार आइरह्यो भने त्यो सोच अब भावनात्मक रूपमा पनि आउन थाल्ने पनेरु बताइन् ।

‘त्यसपछि जानेर नजानेर त्यो व्यक्तिले अलि फरक शारीरिक व्यवहार देखाउन थाल्छ । त्यसले बिस्तारै दैनिक क्रियाकलापमा असर पर्दै जान्छ,’ उनी भन्छिन् ।

एउटै विचार १५ दिनभन्दा माथि लगातार एउटै विचार आइरहन्छ भने त्यो मानसिक रोगको समस्याको संकेत पनि हुन सक्छ । लामो समय एउटै विचार बारम्बार आउँदा एन्जाइटी र डिप्रेसन जस्तो मानसिक समस्या देखिन सकिने उनी बताउँछन् ।

अनावश्यक सोचलाई कम गर्ने तरिका

एउटै सोच बारम्बार आउँछ भने त्यसलाई कम गर्न सकिन्छ । त्यस्तो सोचलाई कम गर्न लागि यी ६ कुरामा ध्यान दिनुपर्ने पनेरु सुझाउँछिन् ।

-जुन कुराको बारेमा दिमागमा बारम्बार विचार आउँछन्, त्यो कुरा तपाईंको लागि कत्तिको महत्त्वपूर्ण छ, यदि ती विचार महत्त्वपूर्ण छैनन् भने त्यस्ता विचारमा पटक्कै ध्यान नदिनुहोस् । ध्यान दिएन भने ती कुरा र विचार बिस्तारै आफैं कम हुन्छ ।

-जहिले पनि बारम्बार एउटै कुरा सोच आउँछ भने त्यस अवस्थामा अरू कुराको बारेमा सोच्न थाल्नुपर्छ । अन्य काम तथा कुरामा दिमागलाई व्यस्त राखियो भने त्यो विचार दोहोरिन कम हुन्छ ।

-दिमागमा बारम्बार एउटै विचार आइरहेको छ, त्यसैको कारण तपाईं तनावमा हुनुहुन्छ भने आफू रहेको ठाउँ छाडेर केही समयको लागि बाहिर जानुहोस् । मनलाई शान्त पार्न, तपाईं आफ्नो मनपर्ने ठाउँमा घुम्न जान सक्नुहुन्छ, आफ्ना साथीलाई भेट्न सक्नुहुन्छ वा शान्त ठाउँमा बस्न सक्नुहुन्छ, यसले तपाईंले मनमा आउने विचार शान्त हुनेछ ।

-आफूलाई समय दिनुहोस्, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् र आफ्नो दिमागलाई सकेसम्म खाली राख्नुहोस् अर्थात् आफ्नो जीवनमा आवश्यक पर्ने चीजहरूको बारेमा मात्र सोच्नुहोस् र अरू कुनै कुराको बारेमा धेरै नसोच्नुहोस् ।

-यदि तपाईंलाई कुनै कुराले चिन्तित बनाइरहेको छ भने तपाईंले आफ्नो मनको कुरा नजिकको साथी वा परिवारको सदस्यलाई बताउनुपर्छ । जसले समस्या पनि समाधान हुन्छ र दिमागमा बारम्बार एउटै विचार पनि आउँदैन ।

-नचाहेर बारम्बार एउटै सोचमा आउनु, सोचेर रिस उठ्नु, तनावमा हुनु वा डिप्रेसन हुनु, यी सबै कुरा तपाईंलाई बारम्बार दोहोरिन थालेमा विशेषज्ञसँग सल्लाह गर्नु राम्रो हुन्छ ।

दिमाग सोच
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची