+
+

अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्म भनिएको ‘द फ्ल्यास’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १२:४६

काठमाडौं । आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’को प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको सिनेमाकनमा गएराति सार्वजनिक गरिएको यो ट्रेलरलाई कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् ।

डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्मको ट्रेलरलाई डिस्कभरीका सीईओ डेभिड जेस्लभले अहिलेसम्मै उत्कृष्ट सुपरहिरो फिल्मको ट्रेलर बनाएको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ । यो ट्रेलर आफूले तीनपटक हेरेको उनले उल्लेख गरेका छन् ।

शीर्ष पात्र ब्यारी एलेनको भूमिकामा अभिनेता मिलर स्टार्सले चरित्र चित्रण गरेका छन् । माइकल किटन र बेन एफलेकले पनि ब्याटम्यानका विभिन्न चरित्रमा अभिनय गरेका छन् । लस भेगासमा आयोजित सिनेमाकन समारोहमा वार्नर ब्रोजले सन् २०२३ का फिल्मको सूची सार्वजनिक गरेको छ ।

उक्त समारोहमा ओफ्रा विन्फ्रे एण्ड कलर पर्पल, बार्बी, ड्युन २, द फ्ल्यास, आक्वाम्यान २ र ओन्का लगायतका बहुप्रतीक्षित हलिउड फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । तर फ्ल्यासबाहेक इन्टरनेटमा अन्य फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छैन ।

\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?