+
+

सामसुङका फोनबाट हट्नसक्छ गुगल सर्च इन्जिन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १४:४९

काठमाडौं । गुगलको मातृ कम्पनी अल्फाबेटका लागि यो हप्ताको सुरुवात राम्रो रहेन । कम्पनीको शेयरमा सोमबार ४ प्रतिशतसम्मको गिरावट आयो र त्यस्तो गिरावट अझै जारी छ ।

अल्फाबेटको शेयरमा गिरावटको सुरुवात एउटा समाचारका कारण भएको थियो । सो समाचारमा सामसुङले आफ्ना फोनमा डिफल्ट सर्च इन्जिनको रुपमा रहँदै आएको गुगललाई हटाउन सक्ने उल्लेख गरिएको थियो ।

सामसुङका फोनमा हाल डिफल्ट सर्च इन्जिनको रुपमा गुगल रहेको छ ।

तर पछिल्लोपटक सार्वजनिक भएको समाचार अनुसार सामसुङले भविष्यमा गुगललाई छाडेर माइक्रोसफ्टको विङलाई आफ्ना फोनमा डिफल्ट सर्च इन्जिन बनाउन सक्दछ । सोही खबर सार्वजनिक भएसँगै अल्फाबेट कम्पनीको शेयरमा गिरावट आएको हो ।

यद्यपि सामसुङका लागि यस्तो कदम चाल्नु सहज भने हुनेछैन । कम्तिमा पनि अमेरिकी बजारमा सामसुङले यस्तो गर्नेछैन ।

सामसुङले गुगललाई किन हटाउन सक्दैन ?

ट्वीटरमा ब्लमचभबक एचयकअजयाकपथ ले यस सम्बन्धमा एक विषय उठान गरेका छन् । उनका अनुसार सबै एन्ड्रोइड इभ्ःक ले मोबाइल एप्लिकेसन डिस्ट्रिब्यूसन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ । यो सम्झौता गुगल प्ले स्टोरका विषयमा हुने गर्दछ । गुगल प्ले स्टोर वा अन्य गुगल एपहरु प्रयोग गर्न चाहने स्मार्टफोन उत्पादकहरुले उक्त सम्झौतामा हस्ताक्षर गर्नुपर्दछ ।

उक्त सम्झौता अनुसार एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्टफोन निर्माताहरुले आफ्ना फोनमा डिफल्ट सर्ज इन्जिनको रुपमा अनिवार्य रुपमा गुगल सर्च राख्नुपर्दछ । त्यसैले यदि सामसुङले आफ्ना फोनमा गुगल प्ले स्टोर कायम राख्न चाहन्छ भने उसले गुगललाई नै डिफल्ट सर्च इन्जिन बनाउनु पर्दछ । अर्थात् उसले गुगलको साटो माइक्रोसफ्ट विङलाई डिफल्ट सर्च इन्जिन बनाउन सक्दैन ।

कसरी उल्टिन सक्छ पूरै कहानी ?

यद्यपि उल्लेखित मोबाइल एप्लिकेसन डिस्ट्रिब्यूसन सम्झौता सबै ठाउँमा लागू हुँदैन । युरोपले सन् २०१८ मा गुगलमाथि एकाधिकार कायम गरेर प्रतिस्पर्धा कानूनको उल्लंघ गरेको आरोपमा ५ अर्ब डलर जरिवाना गरेको थियो ।

त्यसैले त्यहाँको कानून अनुसार युरोपमा गुगलले स्मार्टफोनहरुलाई गुगल एप्स तथा प्लेस्टोरसँगै गुगल सर्च र क्रोमलाई समेत डिफल्ट सर्च इन्जिन वा डिफल्ट ब्राउजर बनाउनका लागि बाध्य पार्न सक्दैन ।

भारतमै प्रतिस्पर्धामा दखल पुर्‍याएको भन्दै सरकारले गुगलमाथि जरिवाना गरेपछि गुगलले नयाँ सम्झौता गरेको थियो । जस अनुसार कुनै पनि एन्ड्रोइड फोनमा केवल गुगल प्ले स्टोर मात्रै प्रिइन्स्टल्ड हुनेछ । त्यसका अलावा प्रयोगकर्ताले आफ्नो छनोट अनुसारको डिफल्ट ब्राउजर राख्न सक्नेछन् ।

यसरी सामसुङले चाहेर पनि विश्वका सबै देशहरुमा आफ्ना फोनमा माइक्रोसफ्टको विङलाई डिफल्ट सर्च इन्जिन बनाउन सक्दैन ।

तथापि मोबाइल एप्लिकेसन डिस्ट्रिब्यूसन सम्झौता गुगलको भर्सनबाट अलग भएका देशहरुमा भने गुगललाई जोखिमपूर्ण छ । त्यहाँ स्मार्टफोनमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई कायम राख्नका लागि पैसा तिर्नुपर्ने हुनसक्छ ।

यस्तोमा सामसुङ तथा अन्य स्मार्टफोन निर्माताहरुले विङ वा अन्य कुनै सर्च इन्जिनलाई डिफल्ट सर्च इन्जिनको रुपमा राख्न सक्दछन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?