+
+

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

रासस रासस
२०८० वैशाख १४ गते १०:२६

१४ वैशाख, गुल्मी । गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड-९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परी जीप चालक बडिगाड-९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन् । उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ ।

जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।

जीप सडकबाट १५० मिटर तल खसेको छ । ‘ब्रेकफेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?