+
+

बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १४:३४

१४ वैशाख, काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरुको चल अचल सम्पत्ती समेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुस १ गते सफाइ दिने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?