
१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै कुनैपनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।
टाइ अनिवार्य नगर्न महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयहरुलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।
महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार टाइ लगाउँदा बालबालिकाहरुलाई असहज महसुस हुने, स्वतन्त्र रुपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको हो ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4