+
+

संघीय संसदमा दुई सचिवको पद खाली हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १९:४५
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाल (बायाँ) र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी ।

१४ वैशाख, काठमाडौं । शुक्रबारदेखि संघीय संसदमा दुई सचिवको पद खाली हुँदैछ । १६ वैशाख २०७५ मा प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल शुक्रबार सकिँदैछ ।

संविधानको धारा १०६ मा संघीय संसदको सचिव सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछन् ।

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन अनुसार उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । सभामुख देवराज घिमिरे खाली हुने सचिव पदमा पदपूर्तिका लागि छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘सचिव पदमा योग्यता पुगेका र योग्य व्यक्तिहरु नै आउनेछन् ।’

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको सचिवको योग्यता तोकिएको छ । जस अनुसार सचिव हुनका लागि ३५ वर्ष पूरा भएको हुनुपर्छ । नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कानून, प्रशासन, व्यवस्थापन, राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्छ ।

सचिवको दुवै पद राजनीतिक रुपमा नियुक्त हुने भए पनि नियुक्त हुनु भन्दा तत्काल अगाडि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने पनि योग्यतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?