+
+

मंगलबजारमा रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८० वैशाख १५ गते १८:३१

१५ वैशाख, ललितपुर। गत सोमबार ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ आज शुक्रबार पाटनको सुन्धारा पुगेको छ ।

रथलाई आज मंगलबजारबाट पाटन ‍दरबार क्षेत्र हुँदै सुन्धारा लगिएको हो ।

मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ ।

साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन । तर यो जात्रा काठमाडौं उपत्यकामा नै  सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रूपमा परिचित छ ।

मंगलबजारमा भएको रथयात्राका तस्वीरहरू हेर्नुहोस् :

        

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?