+
+

रक्षामन्त्री र महावीर पुनको छलफल सकियो, साँझ औपचारिक वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १४:२८

१७ वैशाख, काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफल निकै सकारात्मक भएको पुनले बताए ।

उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ ।

आफूहरुसँग छलफलमा बसिरहँदा प्रधानमन्त्रीले दुई पटक उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसँग फोन गरेको भन्दै पुनले भने, ‘भोलि कागजमा हुँदा कस्तो हुन्छ, त्यसबेला नै थाहा होला ।’

आविस्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्नेलगायतका ४ बुँदे माग राख्दै महावीर पुनले शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?