+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीर अस्पतालको छतको वाल भत्किंदा ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १५:००

१७ वैशाख, काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् । आइतबार दिँउसो २ बजे वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।

लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सो भवन २०३६ सालमा निर्माण भएको थियो । पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।

‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो । जहाँ हामीले बिरामी कुर्ने कुरुवाको लागि बस्ने ठाउँ पनि बनाएका थियौं’, डा. पौडेलले अनलाइनखबरसँग भने, ‘केही इँटा छिरेर तल करिडोर बसेका बिरामीको कुरुवालाई लागेछ ।’

डा. पौडेलका अनुसार गम्भीर चोट भने लागेको छैन । घाइतेको वीरमा उपचार भइरहेको छ ।

तस्वीरहरू हेर्नुहोस् :

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?