+
+

नेपाल राष्ट्र बैंकले गर्‍यो सबैभन्दा बढी विप्रेषण भित्र्याउने हिमालयन बैंकलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १७:५७

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याएको भन्दै हिमालयन बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट सम्मानित गरेको छ ।

राष्ट्र बैंकले आफ्नो ६८ औं वार्षिक उत्सवको अवसरमा हिमालयन बैंक सम्मानित भएको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याएको थियो ।

करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमालरेमिट’ मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

बै‌ंकले विश्व भरमा रहेका १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?