+
+

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते ८:०६

१८ वैशाख, धनगढी । कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२-००-४ प १८४६ नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका-१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी गरिमा महता घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यस्तै, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका- १८ बस्ने वीरेन्द्र रावलले चलाएको म२प८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिंदा सोही नगरपालिका-४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?