
काठमाडौं । टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लू रंगमा सार्वजनिक गरेको छ ।
यो रोमाञ्चक नयाँ रंग युवावर्गले मनपराएका कारण विद्यमान रेस संस्करणको रातो र पहेंलो रंगसँगै राखिने कम्पनीले बताएको छ ।
टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लू कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक निलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीको भनाइ छ ।
पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’ मा उक्त स्कुटर सार्वजनिक गरिएको कम्पनीले बताएको छ । कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगीतिक समूह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुति रहेको थियो । सोही कार्यक्रमको स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुममा पनि स्कुटर सार्वजनिक गरिएको थियो ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टीभीएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसन मरिन ब्लू रंगमा सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।स्मार्ट स्कूटर आरटी–एफआईको समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको भन्दै उनले यो प्रक्षेपणको साथ युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा कार्यकारी निर्देशक अखिल गुप्ताले टीभीएस एनटर्क आरटी–एफआई १२५ ले युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको बताए ।
कम्पनीका अनुसार मरिन ब्लू रंगमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । यो पोखराको बतास ब्रदर्स प्रालिमा उपलब्ध रहेको छ ।
प्रतिक्रिया 4