 
																			१८ वैशाख, काठमाडौं । सेयर लगानीकर्ताले ६ बुँदे माग सहित अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार बिहान अर्थमन्त्री महतलाई भेटेर सेयर लगानीकर्ताहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ताले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाविना ढिलासुस्ती कार्यान्वयन गर्नु पर्ने लगायतका माग उल्लेख छन् ।
‘१२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुपर्छ ।’
यस्तै लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोही अनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न सेयर लगानीकर्ताले माग गरेका छन् ।
व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न उनीहरुले माग गरेका छन् । यस्तै तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्नुपर्ने माग लगानीकर्ताले गरेका छन् ।
हेर्नुहोस् ज्ञापनपत्रः

 
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4