+
+

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १८:००

काठमाडौं । गत अप्रिलमा ‘किसीका भाइ किसीकी जान’ रिलिज हुनुअघि अभिनेता सलमान खान र निर्माता करण जोहरले एक नयाँ प्रोजेक्टको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यो फिल्मलाई ‘शेरशाह’ निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने चर्चा पनि थियो ।

बलिउड स्रोतका अनुसार सलमानले यो फिल्मका लागि स्क्रिप्ट समीक्षा गरिरहेका थिए र धर्मा प्रोडक्सनबाट सन् २०२४ को ईदमा रिलिजका लागि चासो देखाएका थिए । सलमानले भारतीय टेलिभिजन शो ‘आपकी अदालत’को पछिल्लो एपिसोडमा यसबारे कुरा गरेका छन् ।

उक्त टिभी शोका होस्ट रजत शर्मासँगको अन्तर्वार्ताको क्रममा सलमानलाई करणसँगको सहकार्यको बारेमा सोधिएको थियो । जसमा उनले धर्मा प्रोडक्सनसँग फिल्म गर्न लागिएको बताए र नयाँ फिल्ममा सँगै काम गर्न लागेकोबारे पुष्टि गरे ।

सलमानले आफूलाई करण जोहरबाट फिल्म अफरको फोन आएको र आदित्य चोपडाले फिल्मको लागि सम्पर्क गरेको पनि बताए । उनले भने, ‘अहिले करण जोहरबाट फोन आएको थियो कि उनीसँग एउटा फिल्म छ । साथै, आदित्य चोपडाले पनि फिल्मको अप्रोच गरेका छन् । म यी दुवैसँग काम गर्न चाहन्छु । १० वर्षदेखि यस्तो भइरहेको छ । त्यसअघि कसैले पनि मलाई फिल्मको अफर गरेनन् ।’

बलिउड हंगामाले यसबारे स्रोतलाई उध्दृत गर्दै भनेको छ, ‘दुईबीच केही समयदेखि वार्ता चलिरहेको छ । वास्तवमा पछिल्लो अपडेट यो हो कि शेरशाह निर्देशक विष्णु वर्धन यस उद्यमलाई निर्देशन गर्न फाइनल भइसकेका छन् । सबै सरोकारवाला पक्षबीच हस्ताक्षर हुन बाँकी रहे पनि प्रगति भने स्थिर रहेको छ ।’

यो फिल्मसँगै सलमान र करण जोहरले २५ वर्षपछि सहकार्य गर्नेछन् । यसअघि सलमानले फिल्म ‘सुढ्ढी’ साइन गरेको खबर बाहिरिएको थियो तर यसको निर्माणको खबर कहिल्यै बाहिर आएन । यो कुरालाई ध्यानमा राख्दै निर्माताहरु आगामी ईदमा फिल्म रिलिज गर्नेगरी फिल्म निर्माणमा प्रयत्न गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?