+
+

मकवानपुरमा ५१२ किलो गाँजासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १४:२५

२०  वैशाख, मकवानपुर । मकवानपुरमा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका-४ कटुन्जेका राधाकृष्ण रिजाल र सोही ठाउँका उत्तम रिजालको घरमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच सय ११ किलो नौ सय ग्राम गाँजासहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उत्तमको घरबाट छ बोरामा प्याक गरिएको एक सय ८४ किलो एक सय ग्राम र राधाकृष्णको घरबाट १२ बोरामा प्याक गरिएको तीन सय २७ किलो आठ सय ग्राम गरी कूल पाँच सय ११ किलो नौ सय ग्राम गाँजा बरामद गरी घरधनीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उत्तमको घरबाट नगद रु ५५ हजार तीन सय ६५ पनि बरामद गरेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?