+
+

लगातार पाँचौ दिन पनि घट्यो नेप्से, कारोबार रकम निरन्तर घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते १५:३७

२० वैशाख, काठमाडौं । मुलुक आर्थिक मन्दीको चरणमा धकेलिंदा सेयर बजार पनि प्रभावित बन्दै गएको छ । बजार परिसूचक नेप्से लगातार पाँचौ कारोबार दिन पनि घट्दा कारोबार रकम पनि घट्दै गएको छ । गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौ कारोबार दिन पनि घटेको हो ।

साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.१८ अंकले गिरावट हुँदा १८५७.२३ विन्दुमा बन्द भएको छ । यस्तै आर्थिक मन्दीको प्रभाव बढ्दै जाँदा कारोबार रकम पनि ६२ करोडमा सीमित भएको छैन । १८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उत्पादनमूलक र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । होटल तथा पर्यटन उपसूचक १.४८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.२४ प्रतिशत र अन्य उपसूचक १.०५ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएको अधिकांश सूचीकृत कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ । जसमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा स्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.६६ प्रतिशत र इन्फिनिटी लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशतले वृद्धि भएको हो ।

यता एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ५.३५ प्रतिशतले गिरावट हुँदा सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ५.१९ प्रतिशतले गिरावट भएकमो छ । सूचीकृत कम्पनीमा सान्जेन जलविद्युत कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?