+

कुवेतले साफ च्याम्पियनसिप खेल्ने निश्चित

२०८० वैशाख  २० गते १५:३४ २०८० वैशाख २० गते १५:३४
कुवेतले साफ च्याम्पियनसिप खेल्ने निश्चित

२० वैशाख, काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)को अयोजनामा सन्चालन हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा पहिलोपल्ट साफ बाहिरको टिमलाई समावेश गरिने भएको छ ।

साफले यस संस्करणमा कुवेतको सहभागिता निश्चित भएको बुधबार औपचारिक जानकारी दिएको छ ।

भारतको बैंगलुरुमा ६–१८ असारसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागी हुने कुवेत सातौं देश हुनेछ ।

यसअघि साफ सदस्यहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र मााल्दिभ्सको सहभागिता निश्चित भइसकेको थियो । श्रीलंका फुटबल संघलाई फिफाले प्रतिबन्ध लगाएका कारण उसको टिमले यसपल्टको साफ गुमाउनेछ ।

दक्षिण एसियाली देशहरुबीभको प्रतियोगितामा प्रतिस्पर्धास्तर बढाउन भन्दै आमन्त्रित टिमहरुलाई सहभागिता गराउने नीति साफले लिएको छ । यसअघि गत महिना सम्पन्न यू–१७ महिला साफमा रुशलाई आमन्त्रित टिमका रुपमा सहभागी गराइएको थियो ।

साफ च्याम्यिनसिपमा नेपाल साविक उपविजेता हो । डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल टिम भारतसँग ३–० ले पराजित भएको थियो । सन् १९८४ देखि सुरु भएको साफ इतिहासमा नेपाल फाइनलमा पुगेको पहिलोपल्ट हो ।

कुवेत साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय