+
+

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री लण्डन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:३०

२१ वैशाख, काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहान लण्डन प्रस्थान गरेका छन् ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो।

त्यहा रहँदा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद  वैशाख २६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?