+
+

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा पनि सुधार 

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १५:३६

२१ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ ।

१३ वैशाख बुधबारदेखि लगातार ५ दिन घटेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो । सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा बिहीबार निर्जीवन बीमा उपसूचक सर्वाधिक १.५५ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर र वित्त कम्पनी उपसूचक पनि १ प्रतिशत भन्दा माथिले बढेका छन् ।

नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि सुधारोन्मुख देखिएको छ । बुधबार ६१ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेर ७३ करोड २७ लाख पुगेको छ । २० हजार ६५५ वटा कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

४ करोड ५० लाखको नबिल बैंकको संस्थापक सेयर कारोबारले पनि बिहीबारको कारोबार रकम बढाएको हो । यस्तै शिवम् सिमेन्टका करिब २ करोड २२ लाखको करोबार हुँदा नबिल बैंकको साधारण सेयर १ करोड ९६ लाख र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १६२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । बिहीबार कारोबार भएकामध्ये एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ९.८६ प्रतिशतले वृद्धि हुँदा लक्ष्मी लघुवित्तको सेयरमूल्य ९.१६ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?