+
+

२ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १७:२३

२२ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई प्रकाउ परेको छ ।

उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन उनी महोत्तरीबाट काठमाडौं आएका अख्तियार श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?