+
+

सरकारबारे निर्णय गर्न रास्वपा बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १८:०९

२२ वैशाख, काठमाडौं। सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सुरू भएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साँझ ५ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिला गरी सुरू भएको हो । बैठकमा तनहुँ-१ बाट निर्वाचित सांसद स्वर्णिम वाग्ले पनि उपस्थित भएका छन् । गत सोमबार यसै एजेन्डामा छलफल गर्न बैठक डाकिए पनि उनी अनुपस्थित थिए ।

नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । उपचुनाव सकिएलगत्तै सभापति रवि लामिछाने र सांसद वाग्लेले स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट नहुने दाबी गरेका थिए ।

वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।  त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका अन्य नेताहरुले लामिछानेलाई फकाउने प्रयास जारी राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको एक औपचारिक कार्यक्रममा लामिछानेलाई सरकारमा आउन आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?