
काठमाडौं । कराँते खेलाडी आयुष अधिकारीले लगातार दुई दिनमा दुईवटा स्वर्ण जित्दै उदयमान खेलाडीको उपाधि हात पारेका छन् ।
भृकुटी डोजोमा कराँते प्रशिक्षण लिंदै आएका अधिकारीले यही वैशाख २२ र २३ मा सम्पन्न दुई प्रतियोगितामा लगातार स्वर्ण जितेका हुन् ।
२२ गते भएको प्रथम मेयर कप उमा खुला कराते प्रतियोगिता र २३ गते भएको टोखा नगरपालिका मेयर कपमा अधिकारीले स्वर्ण जितेका हुन । प्रतियोगितामा उनलाई उदयमान खेलाडीको उपाधि पनि प्रदान गरिएको छ ।
अधिकारी भीएस निकेतन स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् ।
भृकुटी डोजोको टिम उमा खुला कराँते प्रतियोगितामा प्रथम भएको छ भन् टोखा नगरपालिका मेयर कपमा दोस्रो भएको छ ।
भृकुटी डोजोका प्रशिक्षक अष्टवीर लामाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै खुसी व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4