+
+

प्रतिनिधिसभामा ४ दिनसम्म प्रि-बजेट छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १४:३३

२४ वैशाख, काठमाडौं। प्रतिनिधिसभामा बजेट पूर्वको छलफल (प्रि-बजेट छलफल) चार दिनसम्म हुने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि-बजेट छलफल चार दिन चलाउने तय गरेको हो ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मंगलबार पाँच/पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि-बजेट छलफल सकिनेछ ।

प्रि-बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?