+
+

श्री एयरलाइन्सको ‘९एन एएनई’ जहाज ग्राउन्डेड

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १७:३१

२५ वैशाख, काठमाडौं । अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिए पछि श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको हो ।

सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि २० मिनेटपछि भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो । ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्कि‌ंदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो ।

विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाइजहाजलाई काठमाडौं नै फर्काउनु परेको थियो ।

प्राधिकरणका अनुसार शनिबार धनगढी विमानस्थलमा पनि श्री एयरलाइन्सको उक्त जहाजमा यही समस्या देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?