+
+

हलिउडको हड्तालमा राष्ट्रपति बाइडेनको चासो, ठूला स्टुडियो घेर्दै लेखकहरु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १२:३२
हलिउड अभिनेता के ह्यु क्वानसँग राष्ट्रपति जो बाइडेन

काठमाडौं । राष्ट्रपति जो बाइडेनले अमेरिकी फिल्म उद्योग हलिउडमा भइरहेको हड्तालप्रति चासो व्यक्त गरेका छन् । पारिश्रमक वृद्धि र रोजगारीको सुरक्षाको माग राख्दै हलिउड फिल्म र टेलिभिजन लेखकहरु हड्तालमा उत्रिएको मंगलबार एक साता पुगेको छ ।

राष्ट्रपति बाइडेनले लेखकहरुको योग्यता र श्रमअनुसार चाँडोभन्दा चाँडो सम्झौता गर्न हलिउड स्टुडियोलाई समेत आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा आयोजित डिज्नीको नयाँ श्रृंखला ‘अमेरिका बर्न चाइनिज’को प्रदर्शनपछि हलिउडको हड्ताललाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रपति बाइडेनले सकेसम्म चाँडो निष्पक्ष सम्झौता गर्न आह्वान गरेपछि उपस्थित भीडबाट ताली बजेको थियो । तर यसअघि राइटर्स गिल्ड अफ अमेरिकाले स्टुडियोसँगको वार्ता असफल भएपछि घोषणा गरेको हड्ताललाई लिएर टिप्पणी गर्न ह्वाइट हाउसले अस्वीकार गरेको थियो ।

‘यो रात कथाहरूको शक्ति र कथाकारलाई सम्मान र मूल्यको साथ व्यवहार गर्ने महत्वको सम्झना हो,’ राष्ट्रपति बाइडेनले भने, ‘म आशा गर्दछु कि हलिउडमा लेखकको हड्ताल समाधान हुन्छ र यथासम्भव चाँडो उनीहरूसँग उचित सम्झौता हुन्छ । यो एक प्रतिष्ठित, अर्थपूर्ण अमेरिकी उद्योग हो । हामीलाई कथाहरु सुनाउन लेखक र सबै कामदारको संलग्नताको आवश्यकता छ ।’ कार्यक्रममा बाइडेन ‘अमेरिकन बोर्न चाइनिज’ स्टार के ह्यु क्वानसँगै उपस्थित थिए ।

हड्तालमा उत्रिएका लेखकहरुले नेटफ्लिक्स, डिज्नी, प्यारामाउन्टजस्ता स्टुडियोबाहिर प्रदर्शन गरिरहेका छन् । अमेजन, एचबीओ, वार्नर ब्रदर्स टिभी, एनबीसी, युनिभर्सल, डिज्नी, सीबीएस स्टुडियो र अन्य प्रमुख स्टुडियोले चलिरहेको लेखकहरूको हड्तालको बीचमा फस्टलुक सार्वजनिक गर्ने योजनालाई पछि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?