+
+

हालान्डको जादुसँगै मेस्सीको बालोन डी’ओरमा सम्भावना कमजोर बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ७:३०

२७ वैशाख, काठमाडौं । २०२३ मा बालोन डी’ओरको उपाधि जित्ने होड निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । च्याम्पियन्स लिगको नकआउट चरणमा भएको विभिन्न घटनाहरू पश्चात झन् यो विषय निकै चर्चामा आउन थालेको छ ।

बालोन डी’ओरको दौडमा विश्वका श्रेष्ठ खेलाडीहरू प्रतिस्पर्धामा छन् । सन् २०२२ मा करिम बेन्जेमाले यो उपाधि जितेका थिए ।

२०२२ मा कतारमा विश्वकप भएपछि झन् यो व्यक्तिगत अर्वाडका लागि केही विश्वका उत्कृष्ट खेलाडीहरू दौडमा छन् । अगष्टमा यसका लागि भोट दिने कार्य सकिन्छ, त्यो बेलासम्म पनि यो प्रतिस्पर्धा झनै नयाँ स्तरमा पुग्न सक्छ ।

सबैभन्दा रोमाञ्चक त अहिले च्याम्पियन्स लिगमा अहिले यो अर्वाड पाउने सम्भावना बढ्दै गएको छ । आखिर क-कसले यो प्रतिस्पर्धामा आफूलाई तयार गरिरहेका छन् त ?

१०. मार्कस रेशफोर्ड (म्यानचेस्टर युनाइटेड)

मार्कस पछिल्लो समय बालोन डी ओरको प्रतिस्पर्धामा नवौं स्थानमा थिए । उनले २०२२ देखि २३ सम्म ३२ गोल र ११ असिस्ट गरेका छन् । यसका साथै उनी कारबाओ कपको उपाधि जितेका थिए । यो वर्षको अन्तिममा हट स्ट्रिकपछि रेशफोर्डका फर्म केही खस्किएको छ । तर युनाइटेडले उनलाई टिममा सामेल गर्दै केही उत्कृष्ट नतिजा भने निकाल्न सक्छ । अघिल्लो सिजनका लागि युनाइटेडमा उनीमा निर्भर हुन सक्छ ।

९. रोर्बट लेवोन्डोस्की (बार्सिलोना)

Robert Lewandowski Ballon d'Or Rankings GFXरोर्बट लेवोन्डोस्कीबालोन डी ओर प्रतिस्पर्धामा पछिल्लो समय १० औं स्थानमा रहेका थिए । उनले २०२२/२३ मा ३१ गोल गरेका भने ९ असिस्ट गरेका छन् । उनले सुपरकोपा डी एस्पानाको उपाधि जितेका छन् ।

लेवोन्डोस्कीको हाल फर्मको कुरा गर्ने हो भने उनी अहिले निकै राम्रो अवस्थामा खेलिरहेका छन् । उनको यो खालमको प्रदर्शन होला भनेर सायदै कसैले सोचेको थियो । उनलको लक्ष्य अब बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउने हो र यो लगभग निश्चित जस्तै पनि छ ।

जतिजति उनी आफ्नो ३५औं जन्मदिनको नजिक आइरहेका छन् त्यति नै उनी बालोन डी ओरको उपाधिबाट भने टाढाटाढा गइरहेका छन् । तर पोल्यान्डका स्ट्राइकर उनी प्रयासरत छ ।

८. कभिचा क्वारत्सखेलिया(नापोली)

Khvicha Kvaratskhelia Ballon d'Or Rankings GFX

क्वारत्सखेलिया पछिल्लो समय बालोन डी ओरको सातौं स्थानमा रहेका थिए । उनले २०२२/२३ मा १६ गोल र १७ असिस्ट गरेका छन् । उनले सिरी ए को उपाधि जितेका छन् । क्वारडोनाको फर्म २०२३ मा खासै राम्रो छैन । वर्षको सुरुआतमा उनको फर्म राम्रो थियो । तर नापोलीका समर्थकहरुले १९९० पछि पहिलो पटक स्कुडेटो जितेकाले उनको फर्मको खासै वास्ता गरेनन् । जर्जियाका विंगर युरोपियन फुटबलमा उनी महाद्धिपमा नै सबैभन्दा बढी वचाव गर्ने उत्कृष्ट विंगर हुन् ।

७. केविन डी ब्रुइन (म्यानचेस्टर सिटी)

Kevin De Bruyne Ballon d'Or Rankings GFX

उनी बालोन डीओरको उपाधि दौडमा पछिल्लो समय आठौं स्थानमा रहेका थिए । उनले २०२२/२३ को बीचमा ९ गोल र २९ असिस्ट गरेका छन् । यो सिजनको पछिल्लो दुई महिनामा उनी आफ्नो फर्ममा फर्किएका छन् । उनको रननिङ नै पछिल्लो समय सिटीलाई ट्रिबल दिलाउन महत्वपूर्ण रह्यो ।

आसर्नलविरुद्ध उनको खेल जित्ने प्रदर्शनको सम्भावना कम हुँदै गइरहेको छ । किनभने सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो । यदि उनले आउँदो दिनमा एफए कप र च्याम्पियन्स लिग दुवै कसले जितछ भन्ने कुरा उनले खुलाउन नसक्नु भनेको एक ठूलो झट्का हुनेछ ।

६. भिक्टर ओसिम्हेन (नापोली)

Victor Osimhen Ballon d'Or Rankings GFX

भिक्टर ओसिम्हेन पछिल्लो पटक पनि बालोन डी ओरको दौडमा छैटौं स्थानमा थिए । उनले २०२२ देखि २३ सम्ममा २८ गोल र पाँच असिस्ट गरेका छन् । उनले सिरी एको उपाधि जितेका पनि छन् । ३३ वर्षीय पार्टेनोपेइपछि सिरी एको किताब जितेपछि उनी नापोली फुटबलमा अमर बनेका छन् । अब भने नापोलीको लागि ठूलो चुनौती भनेको यही समरमा यूरोपमा मस्ट वान्टेट फर्वाडको अगाडि उनीहरु कस्तो प्रदर्शन गर्न सक्छन् भन्ने हो ।

५. करिम बेन्जेमा (रियल म्याड्रिड)

Karim Benzema Ballon d'Or Rankings GFX

पछिल्लो पटक पनि पनि पाँचौं स्थानमा परेका वेन्जेमाले उत्कृष्ट हुँदै बालोन डी ओरको उपाधि जितेका थिए । यसपटक उनले २०२२ देखि २३ सम्ममा २९ गोल र ६ असिस्ट गरेका छन् । उनले कोपा डेल रे, क्लब विश्वकप र यूईएफए सुपर कप विजेता हुन् ।

पछिल्लो समय बेन्जेमाको विषयमा एक फरक बहस चलेको छ । उनी पछिल्लो समय यति फिट कसरी भए । यदि पूर्ण फिट नभइकन पनि उनी ह्याट्रिक गर्न सक्छन् भने उनी पक्कै पनि एक उत्कृष्ट खेलाडी हुन् ।

२०२२ का बालोन डीओर विजेतालाई म्यानचेस्टर सिटीको डिफेन्सलाई सम्हाल्न एकदमै धेरै सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

४. भिनिसियस जुनियर  (रियल म्याड्रिड)

Vinicius Junior Ballon d'Or Rankings GFX

भिनिसियस जुनियर पछिल्लो पटक पनि बालोन डीओरको उपाधि दौडमा चौथो स्थानमा रहेका थिए । उनले २०२२/२३ मा २३ गोल र २५ असिस्ट गरेका छन् । उनले कोपा डेल रे, क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन् ।

भिनिसियसअहिले आफ्नो उत्कृष्ट फर्ममा छन् । उनले कोपा डेल रे फाइनलमा म्याड्रिडको लागि उत्कृउष्ट असिस्ट दिएका थिए । यस पछि उनलो विभिन्न खेलबाट आफूलाई किन विश्वको उत्कृष्ट फुटबलरको तालिकामा राख्नुपर्छ भन्ने कुरा प्रमाणित गर्दै गइ रहेका छन् ।

यदि उनले पुन त्यसरी नै खेलेको अवस्थामा म्यानसिटीको तिनगुण गर्ने आशालाई ठेस पूर्‍याउन सक्छन् ।

३.केलियन एम्बापे (पीएसजी)

Kylian Mbappe Ballon d'Or Rankings GFX

पछिल्लो पटक पनि बालोन डीओरको प्रतिस्पर्धामा तेस्रो स्थनमा नै रहेका  फ्रेन्च फर्वाड केलिय एम्बापेले २०२२/२३ मा ४८ गोल र १३ असिस्ट गरेका छन् । पछिल्लो समय सबैको ध्यान एक्बापेको स्ट्राइक पार्टनरमा रहेको छ । उनले अब छिट्टै नै क्लबका लागि अन्तर्राष्ट्रिय फुटबलमा सिजनका लागि पहिलो ५० गोलको निकै नजिक रहेका छन् ।

यो गोल संख्या पेरिसियनको लागि लिग एक जित्नको लागि सहयोगी हुनेछ । तर यो पनि उनलाई पहिलो पटक बालोन डीओरको नजिक भने पुर्‍याउने छैन ।

२. एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी)

Erling Haaland Ballon d'Or Rankings GFXपछिल्लो पटक पनि उनी बालोन डीओरको प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेका छन् । उनले २०२२-२३ मा गोल मेसिन नै बनेर आएका छन् । उनले हाल ५२ गोल र ८ असिस्ट गरेका छन् ।

यो सबैको लागि आश्चर्यको कुरा हुनेछ । यदि उनले ६० गोलको साथमा यो सिजन समाप्त गरे भने म्यानसिटीले ट्रेबल पनि जित्ने छ । यदि लियोनल मेस्सीले पीएसजीका लागि एक अर्को सिजन खेलेनन् भने उनले बालोन डी ओर जित्लान् त यो हाल सबैको लागि प्रश्न रहिरहेको छ ।

१. लियोनल मेस्सी (पीएसजी)

Lionel Messi Ballon d'Or Rankings GFX

पछिललो समय पनि बालोन डी ओरको शीर्षस्थानमा रहेका उनी यसपटक पनि उपाधिको प्रबल दाबेदार बनेका छन् । उनले २०२२/२३ मा ३७ गोल र २४ असिस्ट गरेका छन् । उनले विश्वकप र ट्रफी डेस च्याम्पियन्स जितेका छन् । मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउन ठूलो भूमिका रहेका कारण पनि उनलाई यसपटक एकदमै सहज तरिकाले बालोन डीओरको उपाधि हकदार मानिन्छ । तर २०२३ मा उनको खराब फर्म र पीएसजीद्वारा लगाइएको निलम्बनका कारण पनि यो त्यति निश्चित भने भइसकेको छैन ।

गोल डटकमको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?