+
+

बाँकेबाट पेस्तोलसहित पक्राउ परे रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते ११:२६

२७ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

किङ क्रस क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको पेस्तोल र गोलीसहित रिजाललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?