+
+

नागरिकता माग्दै सडकमा सुते युवा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १४:२४

२६ वैशाख, विराटनगर । नागरिकता सम्बन्धी ऐनको माग गर्दै युवाहरु विराटनगरको सडकमा सुतेका छन् ।

जन्मसिद्ध अधारमा नागरिकता लिएका नागरिकका सन्तान नागरिकता सम्बन्धी कानुनको माग गर्दै विराटनगरको कोशी राजमार्गमा सुतेका हुन् ।

उनीहरुले तत्काल नागरिकता सम्बन्धी विधेयक पास गरी नागरिकता पाउने वातावरण बनाउन माग गरे । कानुनको अभावमा आफूहरुले नागरिकता नपाएर अनागरिक बन्नु परेको भन्दै युवाहरु सडकमा सुतेका थिए ।

नागरिकता नभएका कारण बाच्नकै लागि समस्या भएपछि सडकमा सुतेर आन्दोलन गर्नु परेको विराटनगर महानगरपालिका – ८ का सागर विश्वासले बताए ।

नागरिकता नहुँदा रोजगारीबाट बन्देज भएपछि सडक संघर्षमा उत्रिनुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?