+
+

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५९ करोडमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १५:२०

२८ वैशाख, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।

आइतबार र सोमबार लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से मंगलबार भने दोहारो अंकले नै बढेको थियो । तर, बुधबार पुनः नेप्सेमा गिरावट भएको छ । बुधबार बजारलाई लिड गर्ने बैंकिङ, विकास बैंक सहित होटल तथा पर्यटन, लगानी, जीवन बीमा लगायतका उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी, हाइड्रोपावर उत्पादनमूलक लगायतका उपसूचक भने बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५९ करोडमा सीमित भएको छ । आर्थिक मन्दीको प्रभावले लगानी गर्न तयार लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा हुँदा नेप्सेमा कारोबार रकम घट्दै गएको बजारका जानकारहरु बताउँछन् ।

बुधबार नेप्सेमा १६ हजार १०० वटा कारोबारमा १९ लाख ४२ हजार ६२६ कित्ता सुचिकृत धितोपत्र कारोबार हुँदा ५८ करोड ९१ लाखको कारोबार भएको हो । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३ करोड ५६ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ५४ लाख र शिवम् सिमेन्टको ३ करोड २९ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ८८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ११३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । बुधबार कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.२४ प्रतिशतले वृद्धि हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले वृद्धि भएको छ ।

यता ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८८ को मूल्य प्रतिकित्ता ७.२४ प्रतिशतले गिरावट हुँदा मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४७ प्रतिशत र जल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ५.३६ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?