+
+

एसिया कप क्रिकेटमा छनोट भएका खेलाडीलाई विराटनगर परिक्रमा गराइयो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १६:२३

२७ वैशाख, विराटनगर । एसिया कप क्रिकेट प्रतियोगितामा छनोट भएको नेपाली राष्ट्रीय क्रिकेट टोलीलाई  सम्मानसहित विराटनगर बजार परिक्रमा गराइएको छ ।

काठमाडौंमा गतहप्ता भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपाली टोलीलाई सम्मानसहित विराटनगर नगर परिक्रमा गराइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बजार परिक्रमा गराएको हो ।

राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईसहितका खेलाडीहरुलाई विराटनगर कञ्चरबारीबाट बरगाछी–तीनपैनीबाट रोडशेषहुँदै महेन्द्रचौकदेखि बरगाछीसम्म बजार परिक्रमा गराइएको   थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?