+
+

आईपीएलमा चेन्नाईले दिल्लीलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते ५:५०

२८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

१२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ । सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाउँदा मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए ।

चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दिपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

चेन्नाईका लागि शिभम दुबेले १२ बलमा सर्वाधिक २५ रन बनाए । ओपनर रुतुराज गाएकवार्डले १८ बलमा २४ रन जोडे । यस्तै अम्बाती राएडुले १७ बलमा २३ तथा रविन्द्र जडेजाले १६ बलमा २१ रन बनाए ।

अजिन्का रहानेले पनि २१ रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा अविजित २० रन जोडे ।

दिल्लीका मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए । अलिल अहमेद, ललित यादव र कुलदिप यादवले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?