+
+

नेपाली क्रिकेट टिमले विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा तयारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २८ गते १४:१५

२८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ ।

जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो ।

नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका जाने र १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

‘अहिले भिसा प्रक्रिया भइरहेको छ । नेपालली टोली जुन १-१० (जेठ १८-२७) मा दक्षिण अफ्रिका जाने तालिका छ । त्यहाँ नेपालले अभ्यास गर्ने केही अभ्यास खेल समेत खेल्नेछ’, चन्दले अनलाइनखबरसँग भने ।

दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने तयारी रहेको पनि चन्दले बताए ।

यस्तै दक्षिण अफ्रिकाका लागि नेपालको राजदुत तथा नेपाल भलिबल संघका पूर्व अध्यक्ष दान बहादुर तामाङले दक्षिण अफ्रिकाको ए टिमसँग नेपालको खेल गराउनका लागि पहल गर्ने बताएको पनि चन्दले जानकारी दिए ।

दक्षिण अफ्रिका र जिम्बावेको कन्डिसन उस्तै हुने भएकोले नेपाललाई त्यहाँको तयारीले सहयोग पुग्ने क्यानको विश्वास छ ।

दक्षिण अफ्रिकामा तयारी पछि नेपाली टोली जुन ११ मा उतैबाट जिम्बावे प्रस्थान गर्ने क्यान अध्यक्ष चन्दले जानकारी दिए । जिम्बावेमा विश्वकप छनोट खेलहरु सुरु हुनुअघि पनि केही वार्म अफ म्याच खेल्ने सम्भावना रहेको क्यान चन्दले बताए ।

जुन १८ देखि जुलाई ९ (असार ३ देखि २४ गते) सम्म हुने विश्वकप छनोटमा नेपालहसति १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल पुग्ने शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागिसकेको छ जहाँ चार टेष्ट राष्ट्र र नेपालसहित ६ एसोसिएट राष्ट्र छन् ।

नेपालले कम्तीमा पनि दुई टेष्ट टिमसँग खेल्ने अवसर पाउनेछ ।

सुपर लिगको अन्तिम पाँचमा रहेका वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स, लिग टु को शीर्ष तीनमा रहेका स्कटल्याण्ड, ओमान र नेपाल तथा प्लेअफ क्वालिफायरको शीर्ष दुईमा रहेका अमेरिका र युएईले विश्वकप छनोट खेल्नेछन् ।

१० टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विश्वकपमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?