+
+

गण्डकीमा ४ मन्त्री नियुक्त, ४ बजे शपथ *

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १३:०४

२९ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन् ।

जिसीले कृषि तथा भूमि व्यवस्था, जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आलेले आर्थिक मामिला र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने तयारी गरेपनि उनलाई मन्त्री नबनाएपनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवलपुरका महेन्द्रध्वज संविधान सभा सदस्य भइसकेका हुन् भने कांग्रेस संसदीय दल गण्डकीमा नेताको दाबेदार पनि थिए ।

शेखर–गगन समूहका महेन्द्रध्वजले अन्तिममा स्याङ्जाका भोजराज अर्यालको प्रस्तावक बनेका थिए । उनी नेपाली कांग्रेस गण्डकीको सभापतिसमेत हुन चाहेका थिए ।

बागलुङका थापा जिल्ला पूर्व जिल्ला सभापतिसमेत हुन् भने २०७४ मा एमालेका इन्द्रलाल सापकोटासँग प्रदेश सभामा पराजित भएका थिए ।

रेशम जुग्जाली खगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मा झारेका थिए । पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए ।

१५ गते शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरू मध्ये अर्याललाई उर्जा, जलश्रोत तथा खानेपानी र सिम्खडालाई सामाजिक विकास तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मनाङेलाई मन्त्री नियुक्त गर्ने तयारी भएपनि निर्णय नभइसकेको अवस्थामा असावधानीबस मन्त्री नियुक्त भनेर लेखिएकाले क्षमा माग्दै सच्याएका छौं – सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?