+
+
Shares

ट्वीटरको नेतृत्व अब महिलाले हाँक्ने, लिन्डा सीईओ बन्दै

एजेन्सी एजेन्सी
२०८० वैशाख ३० गते १४:३३

सोसल मिडिया प्लाटर्फम ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पद छाड्ने घोषणा गरेका छन् ।

मस्कले कम्पनीको नयाँ सीईओको छनोट गरिसकेको भन्दै नयाँ नेतृत्वले छिटै नै पद सम्हाल्ने उनले जनाएका छन् । लिन्डा याक्कारिनो नयाँ सीईओ बन्ने निश्चित भएको छ ।

मस्कले लिन्डालाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘म ट्वीटरको नयाँ सीईओको रुपमा लिन्डा याक्कारिनोलाई स्वागत गर्न उत्साहित छु ।’

उनले ट्वीटर रुपान्तरणका लागि लिन्डासँग काम गर्न आफू उत्सुक भएको पनि बताएका छन् । लिन्डाले केही दिनपछि काम सुरु गर्नेछिन् ।

अब आफ्नो भूमिका कार्यकारी अध्यक्ष र मुख्य प्राविधिक अधिकृतको रुपमा रहने मस्कले बताएका छन् ।

एलन मस्कले गत महिनाको अन्त्यमा ट्वीट गर्दै प्रयोगकर्ताका लागि महत्वपूर्ण संकेत गरेका थिए । उनले ट्वीटरमा अब समाचार पढ्न पनि शुल्क तिर्नुपर्ने नियम ल्याइने घोषणा गरेका थिए ।

को हुन नयाँ सीईओ लिन्डा ?

लिन्डा याक्कारिनो अमेरिकी बहुराष्ट्रिय आमसञ्चार तथा मनोरञ्जन कम्पनी एनबीसी युनिभर्सलकी कार्यकारी हुन् ।

लिन्डा एनबीसी कम्पनीमा विश्वव्यापी विज्ञापन तथा साझेदारी विभागको प्रमुख हुन् ।

स्मरण रहोस् मस्क र लिण्डाबीच पहिलेदेखि नै गहन मित्रता रहेको छ । गत महिना मियामीमा भएको एक वृहत विज्ञापन सम्मेलनका क्रममा लिण्डाले मस्कसँग अन्तरवार्ता लिएकी थिइन् र मस्कलाई मञ्चबाटै साथी (Friend) तथा निकै नजिकको मित्र (buddy) भनेर सम्बोधन गरेकी थिइन् ।

हालै ट्वीटर र एनबीसीले ओलम्पिक खेलसम्बन्धी साझेदारीलाई विस्तार गरेका छन् ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?