+
+

संसारकै अनौठो रुख, जसमा फल्छन् ३०० प्रकारका आँप

एजेन्सी एजेन्सी
२०८० वैशाख ३० गते १४:४८

छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको राजधानी हो लखनउ । लखनउलाई नवाबहरुको सहर पनि भनिन्छ ।

भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा लखनउको महत्वपूर्ण स्थान छ । भनिन्छ, भारतको केन्द्रको सत्ताको बाटो लखनउ भएर जान्छ ।

लखनउसँग भएका विशेषता केवल यत्तिमात्र होइनन् । यहीँ लखनउ सहरमा एउटा युनिक आँपको बोट छ जो निकै चर्चामा छ । यो आँपको बोटको विशेषता भनेको यसको एउटा रुखमै करिब ३ सय किसिमका फल फल्दछन् ।

यो अनौठो आँपको बोट लखनउबाट केही किलोमिटरको दूरीमा पर्ने मलिहावाद चौराहामा रहेको छ ।

लखनउका बासिन्दा हाजी कलीम उल्लाह खानले निकै मेहेनत लगाएर सो आँपको बोट तयार गरेका हुन् । उनले ग्राफ्टिङ प्रविधिको सहयोगमा सो आँपको रुख तयार गरेका हुन् ,जसमा अहिले विभिन्न तीन सय थरीका आँप फल्ने गरेका छन् । त्यो अनौठो आँपको बोट तयार पार्ने हाजी कलीमलाई तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलले पद्मश्री सम्मान प्रदान गरेकी थिइन् ।

यो रुखको रहस्य जान्नका लागि जापानी वैज्ञानिकहरुको एक टोली पनि त्यहाँ गएको थियो । सोे रुख रोपेर हुकाउने हाजी कलीमका अनुसार उनले पहिलोपटक १७ वर्षको छँदानै एउटा यस्तो वनस्पती तयार गरेका थिए जसमा सात किसिमका फल लाग्दथे । त्यसैले हाजी कलीम म्यांगो म्यानको नामले पनि चिनिन्छन् ।

यो बोटमा फल्ने आँपलाई टिपेर बेचिँदैन । हाजी कलिमले बाँकी रहेका खानेकुराहरु त्यहाँका विभिन्न मानिसहरुबीचमा बाँडिदिने गर्छन् ।

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?