+
+

थप ३७ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते १६:०६

३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?