+
+

कथित उपल्लो जातका व्यक्तिसँगै बसेर भोज खाएको निहुँमा कुटिए किशोर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते ९:३०
पीडित अविनाश पासवान (दायाँबाट पहिलो) र उनको परिवार ।

३१ वैशाख, जनकपुरधाम । महोत्तरीमा कथित उपल्लो जातसँग भोज खाएको निहुँमा एक दलित समुदायका किशोर कुटिएका छन् ।

गौशाला नगरपालिका-१ का १७ वर्षीय किशोर अविनाश पासवानमाथि कुटपिट भएको हो ।

गत वैशाख २६ गते स्थानीय सुरत यादवको आमाको शुद्धी भोजमा अविनाशलाई रामविनेक यादवले कुटपिट गरेका हुन् ।

टेन्टको काम गर्दै आएका अविनाश स्थानीयसँगै भोज खान बसेका थिए । ‘तल्लो जात भएर किन  उपल्लो जातसित बसेर भोज खाएको’ भन्दै स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेको पीडितले बताएका छन् ।

घटनापश्चात कुटपिट गर्ने रामविनेकलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत शनिबार जातीय छुवाछूत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्धको जाहेरी इलाका प्रहरी कार्यालय गौशालामा दिएका छन् ।

कुटपिट गर्ने रामविनेकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

घटना पश्चात विभिन्न संघसंस्थाले जातीय विभेद गरी कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?