+
+

क्यान्सर पीडितका लागि अनुप्रस्थ ब्याण्डले च्यारिटी कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १९:०३

काठमाडौं । चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आगामी जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ । आइतबार प्रेस मिट गर्दै ब्याण्डले ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

भोकलिस्ट नरेन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसनले ‘पैसाबिना कोही मर्नु हुँदैन’ भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पु¥याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको जनाएको छ । ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट क्लब टङगालवुड नक्सालमा हुँदै छ ।

कन्सर्टमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एण्ड द फारोह, द एक्स, अनुप्रस्थ, द एलिमेन्टस, इन्दिरा जोशी एण्ड ब्यान्ड, महेश दोङ, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेंलो बत्तीमुनिको सहभागिता रहने जनाइएको छ । नेपाल डायरिजको व्यवस्थापनमा रहेको यस कार्यक्रमलाई ब्याण्ड र कलाकारले निःशुल्क सघाउने भएका छन् । संकलित रकम क्यान्सर पीडितका उपचारका लागि खर्चिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?