
३१ वैशाख, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुत्केरीको शव चारदिन पछि परिवारले बुझेका छन् ।
आइतवार मृतक परिवार र प्रतिष्ठानबीच बसेको बैठकमा मृतकका सन्तानलाई निशुल्क स्वास्थ्य उपब्ध गराउँने र घटनाको छानबिन गर्ने सहमति भएपछि मृतक परिवारले आइतबार शव बुझेका हुन् ।
बैठकमा प्रतिष्ठानले मृतकका दुई सन्तानलाई १८ वर्षसम्म उपचार निःशुल्क गराउँने र निःशुल्क शिक्षाका लागि उपमहानगरसँग समन्वय गर्ने भएपछि सहमती भएको प्रतिष्ठानका प्रवक्ता झंकार लामिछानेले बताए ।
त्यस्तै बैठकमा घटनाको छानबिनका लागि समिति गठन गर्ने सहमती भएको प्रतिष्ठानका भएको छ । जसका लागि घोराही उपमहानगरपालिका न्यायिक समितिका संयोजक हुमा डिसीको संयोगजत्वमा पाँच सदस्यीय छानबिनका समिति गठन गरिएको छ।
बैठकमा प्रतिष्ठानका उपकुलपति विकास लामिछाने र रजिष्ट्रार प्रकाश थापा, मृतकका परिवार र राजनितिक दल सहभागी थिए।
घोराही उपमहानगरपालिका–८ की २८ वर्षिया मधु बुढाथोकीको सुत्केरी गराउने क्रममा गत बिहिवार प्रतिष्ठानमा मृत्यु भएको थियो । घटनापछि मृकत परिवारले घटनाको अनुसन्धान हुनुपर्ने र क्षतिपूर्ति पाउँनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
प्रतिक्रिया 4