+
+

आर्सनल ब्राइटनसँग हार्दा सिटीलाई उपाधि होडमा सहज

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते ६:२३

१ जेठ, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको अलमा आर्सनल ब्राइटनसँग ३-० ले पराजित भएपछि उपाधि होडमा ठूलो धक्का लागेको छ ।

आर्सनलको घरेलु मैदानमा ब्राइटनले तीन गोल नै दोस्रो हाफमा गरेको थियो ।

ब्राइटनका लागि जुलियो इस्सिसोले ५१औं,  डेनिज उनदाभले ८६औ र पर्भिस इस्तुपिनानले इन्जुरी टाइममा गोल गरे ।

आर्सनलको हराले म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ भने सिटीले अब एक खेल मात्र जिते लिग उपाधि जित्नेछन् ।

आइतबारै सिटीले एभरटनलाई हराएर आर्सनलमाथि ४ अंकको अन्तर बनाएको थियो । आर्सनललाई त्यो अंकदूरी कम गर्ने अवसर थियो । तर ब्राइटनसँग हारले आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो झड्का लागेको छ ।

अब लिगमा आर्सनलले दुई खेल मात्र खेल्दा बाँकी छ भने शीर्ष स्थानको सिटीले अझै तीन खेल खेल्न बाँकी छ र आर्सनलमाथि ४ अंकको अग्रता छ । अब सिटीले तीन मध्ये एक खेल जिते पनि उपाधि जित्न पर्याप्त हुनेछ ।

सिटीले अर्को आइतबार चेल्सीलाई पराजित गरेमा घरेलु समर्थकको अगाडि उपाधि जित्नेछ ।

आर्सनललाई हराएपछि ब्राइटन ३४ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ र शीर्ष चारको सम्भावना बाँकी राखेको छ । एक खेल बढी खेलेको म्यानचेष्टर युनाइटेड ६६ अंकसहित चौथो र लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?