+
+

अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पाले संकटासँग अंक बाँड्यो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १७:३९

१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो १८औं चरणको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको खेलमा ५० औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पाले संकटासँग १–१ बराबरी खेलेको हो ।

विश्वास श्रेष्ठको कर्नरमा मेनुयल नानाले गोल गरेपछि खेलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै संकटाले बराबरी गर्‍यो ।

पोष्टतर्फ अगाडि बढाउँदै गरेका आयुष घलानलाई मेनुयल नानाले पेनाल्टी बक्समा फाउल गर्दा संकटाले पेनाल्टी पाएको थियो । जसलाई आयुष घलानले सदुपयोग गर्दै खेल १–१ बराबरी गरेका हुन् ।

आजको खेलमा अंक बाँड्दै हिमालयन शेर्पा क्लब नवौं स्थानमा उक्लिएको छ । १८ खेलमा ५ जित, ७ हार र ६ बराबरीसहित हिमालय शेर्पाले २२ अंक जोडेको छ भने संकटा क्लब आजको बराबरीसँगै समान १८ खेलमा ५ जित ६ हार र ७ बराबरी सहित २१ अंक जोड्दै ११ औं स्थानमा कायम छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?