+
+

मछिन्द्रले खुमलटारलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १९:०४

१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमबार भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई ३–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका लागि ओलावाले अफिजले २ गोल गरे भने अन्द्रेस नियाले १ गोल गरेका हुन् ।

खेलको ४२ औं मिनेटमा ओलावाले अफिजको असिस्टमा आन्द्रेस नियाले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता बनाएको हो ।

खेलको दोस्रो हाफमा ७७ औं मिनेटमा छिरिङ गुरङको असिस्टमा ओलावाले अफिजले गोल गर्दै मछिन्द्रले २–० अग्रता लिएको थियो ।

त्यस्तै, खेलको ८३ औं मिनेटमा पुन ओलावाले अफिजले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाएका हुन् ।

आजको खेलमा जित हात पार्दै मछिन्द्र शीर्ष ३ मा छ भने एफसी खुमलटार १८ खेलमा ५ जित, २ हार र ११ बराबरीसहित रेलिगेसन जोनमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?