
२ जेठ, काठमाडौं । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।
मंगलबार साँझ दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई १-० ले हरायो ।
चर्च ब्वाइजका लागि सुवास गुरुङले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा गोल गरेका थिए ।
जितपछि जावालखेल युथ क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान उक्लेको चर्च ब्वाइजले १८ खेलबाट ३३ अंक जोडेको छ र उपाधि होडमा अघि आएको छ ।
समान खेलबाट जावलाखेलको ३१ अंक छ । दुवैले समान ९ खेलमा जित हात पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4