+
+

‘काँडेतार’बाट गृह मन्त्रालयको दृश्य र भुटानबारेको अभिव्यक्ति हटाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १२:३९

काठमाडौं । नवल खड्का निर्देशित ‘काँडेतार’बाट विवादित दुई महत्वपूर्ण दृश्यलाई फिल्मबाट हटाउन सहमति भएको छ । केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुसँग भएको छलफलमा गृह मन्त्रालयको भवनको दृश्य र भुटानसम्बन्धी अभिव्यक्तिलाई हटाउने निर्णय भएको खड्काले जानकारी दिए ।

यी दुईसहित नेपाल-भारतको सीमा अतिक्रमणबारेका अन्य दृश्यलाई आपत्ति जनाउँदै समितिले फिल्मलाई सेन्सर पास गर्न मानेको थिएन । ‘सेन्सर बोर्डसँग लगातारको छलफलपछि हामीले गृह मन्त्रालयको दृश्य र भुटानबारेको डायलगलाई हटाएर पुनः सेन्सर गर्ने निर्णय गरेका छौं । कतिपय दृश्य र संवादमा उहाँहरु पनि लचिलो बन्ने कुरा भएको छ,’ खड्काले भने ।

एक-दुई दिनमै यो फिल्मको पुनः सेन्सर हुने भएको छ । सहमति जुटाएर दोस्रोपटक सेन्सर गर्ने वातावरण मिलाउन चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी सक्रिय थिए । ‘सहमति जुटेको र सोहीअनुसार सेन्सर प्रक्रियामा जाने तयारी छ । एक-दुई दिनमै सेन्सर हुन्छ,’ मध्यस्थतामा सक्रिय अधिकारीले भने ।

गत साता आयोजित समारोहमा एमाले नेता भीम रावल, राप्रपा सांसद ज्ञानेन्द्र शाहीलगायतले पनि फिल्मलाई रोक्न नहुने बताएका थिए । त्यसबाहेक निर्माता खड्काले सेन्सर बोर्डविरुद्ध दबाब दिंदै आएका थिए । फिल्म ‘काँडेतार’मा उनले नेपाल-भारतबीचको अन्तर्राष्ट्रिय सीमालाई व्यवस्थित गर्नुपर्ने कथा प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?