+
+

भारतका दुई ठूला मल्टिप्लेक्स पीभीआर र आइनक्सबीच मर्जरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १३:४१

काठमाडौं । दुई ठूला भारतीय मल्टिप्लेक्स सिनेमा चेनहरु पीभीआर र आइनक्सबीच मर्जरको घोषणा भएको छ । मंगलबारदेखि फ्रान्समा सुरु भएको विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा यी दुई ठूला भारतीय सिनेमा चेनबीच मर्जरको घोषणा भएको हो ।

मर्जरका लागि दुई मल्टिप्लेक्सबीच लामो समयदेखि प्रयास भएको थियो । मर्जरपछि यो चेनको नाम ‘पीभीआर आइनक्स पिक्चर्स’ रहने भएको छ । अब पीभीआर आइनक्स लिमिटेडसँग भारत र श्रीलंकाको ११५ सहरका ३६१ हलमा १ हजार ६८९ पर्दा हुनेछन् । मर्जरपछि यो मल्टिप्लेक्स चेन भारतको सबैभन्दा ठूलो ‘इन्डिपेन्डेन्ट डिष्टिब्युटर्स’ समेत बनेको छ । जसको नाम ‘पीभीआर आइनक्स पिक्चर्स’ राखिएको छ ।

मर्जरपछि यो मल्टिप्लेक्सले भारतीय पर्दामा ४३ प्रतिशत हिस्सा ओगेटेको भेराइटी म्यागजिनले जनाएको छ । ‘दुई ठूला शक्तिहरू सँगै आउँदा प्राप्त हुने अवसर अभूतपूर्व छ । पीभीआर आइनक्स पिक्चर्सले विश्वभरका फिल्म उत्पादकलाई साझेदारको रूपमा सेवा गर्न जारी राख्नेछ र भारतीय उपभोक्तालाई उपलब्ध गराइने सामग्रीको गुणस्तर र गहिराइ विस्तार गर्नेछ,’ मर्जरपछि पीभीआर आइनक्स लिमिटेडका कार्यकारी निर्देशक सञ्जीवकुमार बिजलीले भने, ‘मर्जरपछि हामी अन्तर्राष्ट्रिय निर्माता, बिक्री एजेन्ट, स्वतन्त्र फिल्म समुदाय र स्टुडियोका लागि काम गर्न पहिलेको भन्दा राम्रो स्थितिमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?